
वीरगञ्ज, ६ चैत । प्रहरीले वीरगञ्जबाट खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ बाट एक ग्राम खैरो हिरोइनसहित चितवन भरतपुर महानगरपालिका–१७ शारदानगर बस्ने अमित गुरुङ र सुनिता विकलाई गरेको हो । पक्राउ परेकी विकको साथबाट लागुऔषध खैरो हिरोइन एक ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, वीरगञ्ज महानगरपालिका–१५ चालीस फिट्टेस्थित सडकखण्डबाट बा.९५ प २३०३ नम्बरको स्कुटीमा सवार रौतहट चन्द्रनगर नगरपालिका–५ बस्ने सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाउँपालिका–२ बस्ने विजय साहलाई पनि खैरो हिरोइनसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका चारैजनालाई लागुऔषध सम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।








प्रतिक्रिया