१८ कार्तिक २०८३, बुधबार

मोहन वैद्य नेतृत्वको ‘३३ दलीय मोर्चा’ फुट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan_baidhyaकाठमाडौँ, ३२ जेठ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको नेतृत्वमा रहेको ३३ दलीय मोर्चा सोमबारबाट औपचारिक रुपमा फुटेको छ ।

माओवादी अध्यक्ष बैद्य र मोर्चाका सदस्य शोभाराम थापाले एक अर्कालाई मोर्चाको नीति विपरित गएको भन्दै आरोप लगाएर निस्काशन गरेको घोषणा विज्ञप्ती मार्फत जनाएपछि मोर्चा औपचारिक रुपमा फुटेको हो ।

यसैबीच तेत्तीस दलीय राष्ट्रिय मोर्चा नेपालले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई मोर्चाको नेतृत्वबाट हटाएको विज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष वैद्य मोर्चाको बैठकमा लामो समयदेखि अनुपस्थित भइ त्यसका गतिविधिमा निस्क्रिय रहेकाले आजैदेखि उहाँलाई मोर्चा नेतृत्वबाट अलग गरिएको हो ।

मोर्चाले आज एक विज्ञप्ति जारी गरी मोर्चाका वरिष्ठ सदस्य शोभाराम थापाको संयोजकत्वमा आफ्ना भावी गतिविधि सञ्चालन गर्ने समेत जनाएको छ ।