बलेवा (बागलुङ), ३२ जेठ । पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै राससका कार्यकारी सम्पादक एकराज पाठकलाई यसवर्षको ‘सुगङ्गा पुरस्कार’ प्रदान गरिने भएको छ ।
सुगङ्गा पुरस्कार स्मृति कोषको आइतबार बसेको बैठकले पत्रकार पाठकलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि २५ हजार पाँच रुपैया रहेको छ ।
स्वर्गीय गङ्गा खड्काको पुन्य तिथिको अवसरमा आगामी असार १८ गते बागलुङमा आयोजना गरिने कार्यक्रममा सम्मान गर्ने निर्णय भएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो ।
जिल्लाको अमलाचौरमा जन्मनुभएका पाठकले आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएको छ भने उहाँका सूचना सङ्घर्ष, राससको इतिहास, सूचनाको हक प्राप्ति र प्रयोगलगायतका पुस्तक प्रकाशित छन् ।
कोषले यस अगाडि विभिन्न क्षेत्रमा योगदान पुर्याउनले पाँच जनालाई पुरस्कृत गरिसकेको छ । सुगङ्गा पत्रकार पाठक पुरस्कारबाट पुरस्कृत हुने छैटौ व्यक्तिहुनुहन्छ । यसअघि एबीसी टेलिभिजनका प्रबन्ध निर्देशक शुभशङ्कर कँडेल, समाजसेवी देवबहादुर श्रेष्ठ, लोकगायक खडक गर्बुजा, समाजसेवी भोलाप्रसाद लम्साल तथा म्यागेसेस पुरस्कार बिजेता महाबीर पुनलाई पुरस्कृत गरेको थियो ।
बागलुङका अग्रज पत्रकार विदुर खड्काले आफ्नी स्वर्गीय आमा सुमित्रा खड्का र श्रीमती गङ्गा खड्काको स्मृतिका रु दुई लाखको सुगङ्गा स्मृित कोषको स्थापना गर्नभएको हो । रासस
















प्रतिक्रिया