६ कार्तिक २०८३, शुक्रबार

अंश नलिएर सम्बन्धविच्छेद गराउँदा कस्लाई फाइदा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

break-upनेपालगन्ज, ३२ जेठ । अंश लिएर सम्बन्धविच्छेद गर्ने प्रक्रिया झन्झटिलो र समय बढी खर्चिनु पर्ने भएकाले आफ्ना पतिसँग अंश नलिएरै सम्बन्धविच्छेद गर्ने क्रम बढेको पाइन्छ ।

बाँके जिल्ला अदालतको तथ्याङ्कअनुसार, मेलमिलापका आधारमा अंश नलिएर सम्बन्धविच्छेद गर्ने करिब १७ देखि २५ वर्ष उमेर समूहका महिलाको सङ्ख्या अधिक रहेको छ ।

सो अदालतका न्यायाधीश अम्बरराज पौडेलले कामका लागि विदेश गएका पतिसँग सम्बन्ध बिग्रेको भनी पारपाचुके गर्न आउने महिलाको सङ्ख्या अधिक रहेको बताउनुभयो ।

“यसखाले सम्बन्धविच्छेदका मुद्दा दुवै पक्षको मेलमिलापबाट ‘फास्ट ट्रयाक’को व्यवस्थाअनुसार फैसला गर्ने गरेका छौँ” – न्यायाधीश पौडेलले भन्नुभयो ।

अंशसहित सम्बन्धविच्छेद गर्दा कम्तीमा एक वर्ष लाग्ने भएकाले पनि पतिसँग व्यवहार नमिलेका महिलाले ‘सम्बन्धविच्छेद मात्र गरी पाऊँ’ भनी मुद्दा हाल्ने गरेको न्यायाधीश पौडेलले बताउनुभयो ।

सो अदालतको तथ्याङ्कमा दुनियावादी फौजदारी मुद्दामा सबैभन्दा बढी ३१४ वटा सम्बन्धविच्छेदका मुद्दा रहेको उल्लेख छ । रासस