६ कार्तिक २०८३, शुक्रबार

चितवनमा एमालेका स्वयंसेवकले ९१ घर बनाए, स्वयंसेवा अभियान सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemaleचितवन, जेठ ३१ । नेकपा एमाले चितवनले जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरेको राष्ट्रिय स्वयम सेवक परिचालन अभियान-२०७२ सम्पन्न भएको छ ।

जेठ १४ गते वाट शुरु भएको १५ दिने अभियानमा भूकम्प पीडितका ९२ वटा अस्थायी घर टहरा निर्माण गरेको एमाले चितवन प्रचार बिभाग प्रमुख अरुणपीडित भण्डारीले जानकारी दिनुभयो । पहिलो चरणमा ४२ र दोश्रो चरणमा ४९ वटा अस्थायी घरटहरा बनाएको हो ।

२४ वटा टोली वनाएर कोराक, लोथर, चण्डिभञ्ज्याङ, दारेचोक, कविलास, दाहाखानी, काउले र सिद्धिमा एमालेले अभियान अन्तर्गत स्वयम् सेवक परिचालन गरेको थियो । टोलीले भूकम्पले भत्किएका भग्नावशेष हटाउने, घरटहराहरुको पुनर्निर्माण, अन्न र काठपातको सुरक्षित ब्यबस्थापन गर्ने, मनोपरामर्श र स्वास्थ्य शिक्षा दिने काम गरेको भण्डारीले बताउनुभयो ।

केही स्थानमा स्वयम्सेवकहरु आफैले जस्तापाताको ब्यबस्था गरेर पीडितहरुलाई बितरण गरेको एमाले चितवनले जनाएको छ । चण्डिभञ्ज्याङ-९ मा पाँचवटा घरलाई ८० पाता जस्ता वितरण गरिएको त्यहां खटिएका जिल्ला कमिटी सदस्य प्रकाश ढुंगानाले जानकारी दिनुभयो ।

एमाले चितवनले लोथरमा जिल्ला नेताहरु ईमानसिंलामा, अमरवहादुर तमाङ, घनश्याम कंडेल, सिद्धीमा गोपी श्रेष्ठ, नारायण वन, चन्द्रकान्त न्यौपाने, काउलेमा रामजी सापकोटा, कमलवहादुर मल्ल, तीलक अधिकारी, दारेचोकमा शारदा कुमाल, जुनाराज भण्डारी, नरेन्द्र कन्दङ्वा, कोराकमा राजाराम रेग्मी, उदय अर्याल, हिरा गुरुङ, दाहाखानीमा पार्वती सिलवाल, गोविन्द भट्टराई, कविलासमा जिल्ला उपसचिव पार्वती रावल, कृष्णप्रसाद भुर्तेल, गंगा लामा, चण्डिभञ्ज्याङमा प्रकाश ढुंगाना, बिजय बिक र बच्चुराम भट्टराई लगायतका नेता कार्यकर्तालाई परिचालन गरेको थियो ।

एमाले बैकल्पिक केन्द्रिय सदस्य कृष्णप्रसाद खनालले जिल्लाको अभियानको निर्देशन र पार्टी जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले संयोजन गरेका थिए ।