मोरङ, ३१ जेठ । खोटाङको डाँडागाउ र भोजपुरको भुल्के गाविसमा आज विहान चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बिहान करिब १० बजे वर्षासंगै चट्याङ खस्दा खोटाङ डाँडागाँउ ४ बस्ने ७७ वर्षिय सिंह बहादुर विश्वकर्माको मृत्यु भएको हो । चट्याङले लागेर उनकी ४५ वर्षिया श्रीमती तेज कुमारी विश्वकर्मा र सोही गाउँका ७६ वर्षिय खगेन्द्र कटवाल तथा ६ वर्षिया रेखा राई गम्भिर घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । त्यस्तै भोजपुरको भुल्के ९ बस्ने १३ वर्षिया संजिता बाँनियाको समेत चट्याङले लागेर मृत्यु भएको छ ।
चट्याङले लागेर उनका बाबु हेम बहादुर बाँनिया गम्भीर घाइते भएका छन् । उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
















प्रतिक्रिया