रत्ननगर (चितवन), ३१ जेठ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा गोरखा फिदिम–२ घर भएका २३ वर्षे मोहम्मद रहमान मिया रहेको जिल्ला प्रहरी कार्यालय चितवनले आज जनाएको छ । उक्त सडकअन्तर्गत कविलास गाविस–४ स्थित सेतीदोभान नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त सडकखण्डअन्तर्गत कविलास गाविस–४ सेती दोभानमा नारायणगढबाट जाँदै गरेको ना४छ ७९८५ नम्बरको यात्रु बसले शनिबार गोरखाबाट चितवन आउँदै गरेको बा६१प २८०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मियाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया