१७ कार्तिक २०८३, मंगलबार

सरकारबाट शेष घलेलाई सद्भावना दूतमा नियुक्त, काठमाडौँ उपत्यकालाई संकटग्रस्त क्षेत्र घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shes-ghale

काठमाडौँ, ३१ जेठ । मन्त्रिपरिषद्ले एनआरएनका अध्यक्ष शेष घलेलाई सद्भावना दूत नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय पुनर्निर्माण कोषमा रकम जुटाउन एनआरएन अध्यक्ष घलेलाई सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको हो ।

देशको पुनर्निर्माणका लागि ठूलो रकमको जरुरत रहेकाले सरकारले घलेलाई यो जिम्मेवारी दिएको हो । भूकम्प पीडितको राहतका लागि यसअघि एनआरएन अध्यक्ष घले एक्लैले दुई करोड रुपैँया सहयोग गरेका थिए । एनआरएनकै नेतृत्वमा नेपालमा आठ हजार घर निर्माण हुँदैछ ।

बैठकले काठमाडौँ, भक्तपुर र ललितपुरलाई आगामी एकबर्षका लागि भूकम्पबाट संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।