२१ असार २०८३, आइतबार

चर्चित गजल गायक पंकज उदासको निधन

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, १५ फागुन । चर्चित गजल गायक पंकज उदासको निधन भएको छ । पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी हुनुहुन्थो । ७२ वर्षीय उदासको सोमबार बिहान निधन भएको छ । उहाँकी छोरी नायब उदासले जानकारी दिनुभएको हो।

नायबले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्नुभएको छ, ‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी भएर २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उदासको दुखद निधन भएको खबर गर्दैछौं ।’

पंकज उदास लामो समयदेखि बिरामी हुनुहुन्थो, उहाँलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उहाँले सोमबार बिहान ११ बजे अन्तिम सास लिनुभयो ।

पंकज उदासको निधनको खबर आएपछि सबैले उहाँलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यो खबरले संगीत जगतमा शोकको माहोल छाएको छ ।

पंकाज उदास  ‘चिठी आयी है…’ र ‘जिए तो जिये कैसे….’  जस्ता धेरै प्रसिद्ध गीत र गजलका लागि परिचित हुनुहुन्छ । उहाँले नाम, साजन र मोहरा लगायत धेरै हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाड्नुभएको छ ।

पंकज उदासको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।