६ कार्तिक २०८३, शुक्रबार

भूकम्पको बेला बन्द भएका विद्यालयले शुल्क लिए विद्यार्थीले यस्तो कारवाही गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

studient-unionकाठमाडौँ, ३० जेठ । भूकम्पका कारण बन्द भएको अवधिको सम्पूर्ण शुल्क मिनाहा गर्न निजी विद्यालयले नमानेपछि १३ विद्यार्थी सङ्गठनले पुनः आन्दोलन गर्ने भएका छन् ।

विद्यार्थी सङ्गठनले आज यहाँ पत्रकार सम्मेलन गरी यही जेठ ३१ गते प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने, ३२ गते जिल्लास्तरीय विद्यार्थीको बैठक बसी संयुक्त अनुगमन टोली निर्माण गर्ने र असार १ गतेदेखि सम्पूर्ण शिक्षण संस्थाका अभिभावकसमेतलाई समेटेर संयुक्त सङ्घर्ष समिति बनाउने बताए ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जीत कर्णले पटक–पटक मन्त्रालयमा निजी विद्यालयका सङ्घ सङ्गठन प्याब्सन, एन– प्याब्सनलगायतसँग सहमति भए पनि त्यसको कार्यान्वयन नभएकाले अब आन्दोलनका कार्यक्रमलाई सशक्तरुपमा अगाडि बढाउनुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल, अखिल (क्रान्तिकारी) का संयोजक रमेश मल्ल, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक)का अध्यक्ष कपलेश्वर यादवलगायतले निजी विद्यालयले आफ्ना मागलाई बेवास्ता गरेकाले अब माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।

यसअघि गत वैशाख ६ गते निजी विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता गर्ने सहमति भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । रासस