६ कार्तिक २०८३, शुक्रबार

रामारोशन रेडियोको अध्यक्षमा कुँबर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ekindra-kunwar

अछाम, ३० जेठ । अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमको सञ्चालक संस्था सूदुर सञ्चार समाजको शनिवार मंगलसेनमा सम्पन्न साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ ।

साधारण सभाले एकिन्द्रकुमार कुँवरको अध्यक्षतामा नौ सदस्यीय कार्य समति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा वेदप्रकाश तिमिल्सेना, सचिवमा चन्द्र थापा ,सहसचिवमा टेकबहादुर बोहरा र कोषाध्यक्षमा कृष्णबहादुर बुढा चयन भएका छन् । यसैगरी सदस्यमा जनकराज भण्डारी, मायादेवी बुढा, फुलमाया ढोली र बिर्ष विक रहेका छन् । यसअघि अध्यक्षमा चयन भएका कुँवर यसअघिको कार्य समितिमा समेत अध्यक्ष थिए । स्थापनाकालदेखि रेडियोमा क्रियाशील कुँवरले पटकपटक रेडियो सञ्चालक समितिको अध्यक्ष र कार्यकारी निर्देशककारुपमा रेडियोलाई नेतृत्व प्रदान गरेका थिए । छापा र बिद्युतीय माध्यममा विगत १८ बर्षदेखि क्रियाशिल कुँवरलाई अछाम जिल्लामा पहिलो पत्रिका प्रकासित गरी ब्यावसायिक पत्रकारिता सुरुवातको श्रेय जान्छ ।

यसैगरी समाजद्धारा सञ्चालित रेडियो रामारोशनको कार्यकारी निर्देशकमा वेदप्रकाश तिमिल्सेनालाई नियुक्त गरिएको छ । नवनियुक्त निर्देशक तिमिल्सेना पनि स्थापनाकालदेखि रामरारोशन एफएममा क्रियासिल छन । छापा र बिद्युतीय माध्यममा १४ बर्षदेखि क्रियाशिल तिमिल्सेनाले अछामको पत्रकारितालाई क्रियाशिल बनाउन भुमिका खेलेका थिए । तिमिल्सेना नेपाल पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष हुन् ।