१७ कार्तिक २०८३, मंगलबार

‘मधेसी मोर्चाबाट हटायो भन्नु वाहियात कुरा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gachhadar briefs media after a four parties meetingविराटनगर, ३० जेठ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आफूलाई मधेशी मोर्चाबाट निस्कासित गरेको प्रचार गलत भएको दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले जनताको संविधानका लागि सहमति प्रक्रियामा हस्ताक्षर गरेको दाबी गर्दै त्यो कदममा केही साथी असन्तुष्ट भएपनि मोर्चाबाटै हटाएको भन्ने कुरा वाहियात भएको बताउनुभएको हो ।

उहाँले समावेशी र समानतामा आधारित आठ प्रदेशको सङ्घीयतासहितको संविधान मुलुकले अविलम्ब पाउने पनि बताउनुभयो । सकभर असार महिनामै नभए साउनको मध्यसम्ममा मुलुकले संविधान पाउने उहाँको विश्वास छ ।

उहाँले राष्ट्रिय सरकारको गठन भएपछि मुलुकमा भूकम्पका कारण उत्पन्न विपत्तिलाई समाधान गर्नका लागि राजनीतिक दल एक भएर लाग्ने बताउनुभयो । राजनीतिक समस्यालाई समाधान नगरी राष्ट्रिय एकता सम्भव नरहेको उल्लेख गर्दै उहाँले सानातिना कुरामा नअल्झन असन्तुष्ट दललाई आग्रह गर्नुभयो । रासस