काठमाडौँ, २९ जेठ । पाँच वटा साना दलहरुले शुक्रबार संविधानसभाको बैठक बहिष्कार गरेका छन् ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मधेशी जनाधिकार फोरम, महन्थ ठाकुरको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीले शुक्रबार संविधानसभा बैठक बहिष्कार गरेका हुन् । प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमति सच्चाउनुपर्ने उनीहरुको माग छ ।
असन्तुष्ट दलहरुले आफ्ना मागहरुलाई लिएर शनिबार राष्ट्रपति डा रामवरण यादवलाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।













प्रतिक्रिया