३१ आश्विन २०८३, शनिबार

फिल्म ‘मेयर’को मुहूर्त, शीर्ष भूमिकामा खगेन्द्र लामिछाने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्म ‘मेयर’को राजधानीमा बुधबार शुभ मुहूर्त गरिएको छ ।

सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर राजधानीको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो ।

फिल्मका कार्यकारी निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल हुनुहुन्छ । ‘केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठिन परिस्थिती, घात प्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी राम्रो बाटोमा डोर्‍याउन सक्छ भन्ने विषयमा फिल्म केन्द्रित हुनेछ,’ उहाँले भन्नुभयो ।

फिल्ममा शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहनुहुनेछ भने अभिनेत्रीमा वर्षा राउत हुनुहुन्छ ।

त्यस्तै अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अविंशा चापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायत अन्य कलाकारले फिल्ममा अभिनय गर्दैहुनुहुन्छ ।

फिल्मबाट निर्माताको रुपमा बृष्टिमां खनाल र कलाकारको रुपमा अविंशा थापाले डेब्यू गर्दैहुनुहुन्छ ।

फिल्म पटकथा प्रडक्शनले निर्माण गर्न लागेको हो ।

शर्मिला पाण्डे र श्रृष्टिमां खनाल निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा लेखन, कृष्णबहादुर थापाको छायांकन, जयन जे बाइवा र कल्याण सिंहको संगीत हुनेछ ।