६ कार्तिक २०८३, शुक्रबार

सर्पको टोकाईले धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BP-Partisthan– सन्तोष काफ्ले
सुनसरी २९ जेठ । गर्मी बढेसंगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्पले टोकाइका विरामीको संख्यामा समेत वृद्धि भएको छ ।

गर्मी तथा बर्षादका समयमा विशालु सर्पको विगविगी बढेसंगै पूर्वी तराईका जिल्ला तथा मुलुकका विभिन्न स्थानबाट सर्पले टोकेर आउने विरामी आउने क्रम बढेको प्रतिष्ठानले जानकारी दिएको छ ।

जेठ देखि भदौसम्मको समय सर्पको विगविगी बढ्ने भएकोले पनि अहिले प्रतिष्ठानमा दैनिक ३ देखि ४ जना यस्ता विरामी आउने मासिक १५देखि २० जनासम्म सर्पका ढसाइका कारण उपचारमा आउने गरेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. अरविन्दा सिन्हाले जानकारी दिनुभयो ।

अन्य दिनमा समेत फाटफुट यस्ता विरामी आउने गरेपनि गर्मी तथा बर्षादको समयमा अझ बढी आउने गरेकाले सर्पको डसाइबाट विरामीले अनाहकमा ज्यान गुमाउनु नपरोस् भन्ने अभिप्रायले सर्पको टोकाइका लागि प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ नामक औषधि प्रतिष्ठानमा हरतरह स्टकमा राखिरहने गरिएको उहाँको भनाई छ ।

सरकारले समेत यस्ता विरामीका लागि निःशुल्क औषधि दिने गरेकोले उपचारमा समेत प्रतिष्ठानले सौलियत गर्ने गरेको प्रष्ट पार्नुभयो । सर्पको टोकाइबाट बच्ने उपायबारे प्रतिष्ठानले सर्प प्रभावित क्षेत्रमा गएर जनचेतनामूलक कार्यक्रमहरु समेत बेला बेला गदेै आएको उहाँको भनाई छ ।

सर्पले टोकेर ल्याइएका विरामीहरुलाई सबैभन्दा पहिले प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार गराइने र विरामी नर्मल हुदै गएपछि मेडिसिन विभागमा पठाएर उपचार गराइने गरिएको डिपार्टमेन्टल जेनेरल प्राक्टिक्स एण्ड इमेरजेन्सी विभागका एसोसिएसट डा. प्रमोदप्रसाद गुप्ताले जानकारी दिनुभयो । औषधीहरु प्रतिष्ठानले अप्डुडेड राखेर उपचारलाई समेत तदरुकता बढाउने काम गरिएको उहाँको भनाई छ ।

उहाँले सर्पले टोक्ने विरामीहरु प्राय: जनचेतनाका कमीले अस्पतालमा अत्यन्तै ढिलो ल्याउने गरेकाले कतिपयलाई बचाउनै गाह्रो हुने बताउँदै समयमै ल्याउन सकेको विरामीहरुलाई उपचार गर्न समेत सजिलो हुने उहाँको भनाई छ ।