६ कार्तिक २०८३, शुक्रबार

लामो विवादपछि धरानमा नापी र मालपोतको सेवा विस्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mALPOT PIC– सन्तोष काफ्ले
सुनसरी २९ जेठ । लामो विवाद पछि सुनसरीको धरानमा नापी र मालपोतको सेवा विस्तार भएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषदले गत वर्षको साउन महिनामै सुनसरीको इनरुवामा रहेको कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको भए पनि इनरुवावासीको विरोधका कारण सेवा विस्तार हुन सकेको थिएन ।

सरकारले गत वर्षको साउनमैै मुलुकका २१ जिल्लामा मालपोत तथा नापीको सेवा विस्तार निर्णय गरिए तापनि धरानमा भने इनरुवाबासीको विरोधका बाबजुद यी दुवै कार्यालय आउन सकेका थिएनन ।

धरानमा नापी र मालपोको सेवा केन्द्र विस्तार गर्ने निर्णय गरे भएपनि ढिलो गरी सञ्चालनमा आउनुमा कार्यान्वयन पक्षमा भएको ढिलासुस्ती, सदरमुकामबासीको आन्दोलन र अवरोध, केही विचौलियाहरुको आवश्यकता भन्दा बढी चलखेल, कार्यालय सञ्चालनका लागि उपयुक्त भवनको अभाव जस्ता कारणले ६ महिना अगाडि नै सञ्चालनमा आउनुपर्ने मालपोत र नापीको सेवा केन्द्र सम्बन्धमा अन्यौल बढेको थियो । निर्णय भएको लामो समयसम्म सेवा विस्तार नभएपछि प्रधानमन्त्री कार्यालयबाट जिल्ला प्रशासन कार्यालयसँग जानकारी मागेसँगै धरानमा रातारात कार्यालय सारिएको हो ।

धरान उपमहानगरपालिकाको पुरानो भवनमा अस्थायी रुपमा राखिएका यी दुई कार्यालय मंगलबारबाट सञ्चालनमा आएपछि भने सेवाग्राहीको समेत चाप बढ्न थालेको मालपोत कार्यालयका प्रमुख श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले ढिलो गरेर कार्यालय सञ्चालन भएपनि यहाका सर्वसाधारणहरुलाई पारदर्शी रुपमा सेवा दिने प्रतिवद्धता प्रमुख पोखरेलले बताउनुभयो ।

उहाँले सदुरमुकाममा भएको कार्यालय र यहाको कार्यालय उस्तै भएकोले दुवै कार्यालयले तोकेका क्षेत्रमा काम गर्न पाउने भए धरान र इनरुवाबीचमा कुनै सम्बन्ध नहुने दुवैले स्वयत्त रुपमा काम गर्न पाउने प्रावधान रहेको समेत स्पष्ट पार्नुभयो ।

यता धरानमा मालपोत र नापी कार्यालयको सेवा विस्तार भएपछि सेवाग्राहीहरु समेत खुशी भएका छन् । धनकुटा पुख्यौली घर भएका दुई दम्पत्ती गोविन्दप्रसाद मैनाली र लीलादेवी मैनालीले विगतमा जग्गासम्बन्धी कामका लागि इनरुवा जादा समयको खर्च, गर्मी सेवाग्राहीको चाप बढी भएकोले काम ढिलासुस्ती हुने गरे पनि आज भने धरानमा किनेको जग्गा पासका लागि आउँदा चाडै काम भएकोले आफूहरु धरानमा मालपोत र नापी आएकोमा खुशी भएको बताएका छन् ।

यस भन्दा अगाडि धरानलाई सेवा दिदा सदरमुकाम इनरुवाकोे रौनकता घट्ने, व्यापार व्यवसायमा असर पुग्ने भन्दै उद्योग वाणिज्य संघ इनरुवाको नेतृत्वमा  चरणबद्ध रुपमा आन्दोलन भएपछि यसप्रतिको अन्यौलता बढ्दै गएको थियो ।

झण्डै दुई महिना अगाडि प्रजिअको पहलमा बसेको सर्वदलीय भेलाले इनरुवामा यातायात, राजस्व, घरेलुका सेवा केन्द्र विस्तार गर्ने निर्णय गरेपछि धरानमा नापी र मालपोतको सेवा केन्द्र राख्न दिन संघर्ष समिति राजी भएसैंगै धरानमा यी कार्यालयको स्थापना भएको हो ।