१७ कार्तिक २०८३, मंगलबार

भूकम्पमा मरेका यी १८ जना को होलान् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa-mirtu

काठमाडौँ, २९ बैशाख । महाभूकम्पको डेढ महिना नाघिसक्दा पनि काठमाडौँमा १८ जनाको शव अझै बेवारिसे अवस्थामा छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, भूकम्पमा परी ज्यान गुमाएका १८ जनाको अझै सनाखत हुन सकेको हो । उनीहरुको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ । कतैबाट पनि सनाखत हुन सकेपछि प्रहरी र अस्पताल प्रशासन समेत अन्यौलमा परेको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता (एसएसपी) सवेन्द्र खनालले सनाखत हुन नसकेका मानिसका बारेमा सार्वजनिक सञ्चारमाध्यममार्फत जानकारी गराउने काम भइरहेको जानकारी दिए । लामो समयसम्म पनि आफन्तहरु नआए सदगतको प्रक्रियामा जाने उनले जानकारी दिए ।

प्रहरीका अनुसार, देशका विभिन्न भागमा बैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी शुक्रबार अपरान्हसम्म ८ हजार ७८७ जनाको ज्यान गुमेको छ भने २२ हजार ३ सय ४ जना घाइते भएका छन् ।
भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७ सय ३३ जना रहेको छन् । यसैगरी, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६५ सय ३३, पश्चिम क्षेत्रमा ४ सय ६१ र मध्यपश्चिम क्षेत्रमा २ जना रहेका छन् ।

घाइते हुनेहरुमा उपत्यकामा १३ हजार १ सय ३, पूर्व क्षेत्रमा ४ सय ५२, मध्य क्षेत्रमा ७४ सय ७०, पश्चिम क्षेत्रमा १२ सय ४१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।

मृतकमध्य ८ हजार ७ सय ५१ जनाको शव भने आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये १९ सय ३७ जना विभिन्न अस्पतालमा उपचाररत रहेको बताइएको छ ।

विनाशकारी भूकम्पमा नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी बल १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ८३ जनाको ज्यान गएको थियो । यसैगरी, नेपाल प्रहरीका १८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी बल ३२ र बिदेशी पर्यटक ५० जना घाइते छन् ।