३१ आश्विन २०८३, शनिबार

जर्जियाको बजारमा गोली चल्दा ४ जनाको मृत्यु, १ जना घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २७ माघ । जर्जियाको दक्षिणपूर्वी शहर रुस्ताभीको बजारमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

आन्तरिक मामिला मन्त्रालयले शुक्रबार जनाए अनुसार गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको छ । गोली चलाउने व्यक्तिले आफ्ना आफन्तहरूसँग बजारमा काम गर्ने गरेको र उनीहरूबीच झगडा भएको बुझिएको छ ।

मृतक, गोली हान्ने व्यक्तिका काका रहेको र घाइते, काकाको छोरा रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा घटनास्थलमा रहेका ट्याक्सी चालक रहेको बताइएको छ । सिन्ह्वा