६ कार्तिक २०८३, शुक्रबार

जापानको सहयोगमा गोरखामा बने विद्यालय, एमाओवादी उपाध्यक्ष श्रेष्ठबाट हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha-school_20150612073746

गोरखा, २९ जेठ । विनाशकारी भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त बनेका गोरखाका विद्यालयको भवन पुनर्निर्माणका जापानका सामाजिक संस्थाले सहयोग गरेका छन् ।

जापानस्थित बौद्ध संस्था शिन्योएनले महाभूकम्पबाट क्षतिग्रस्त भएर पठनपाठन कार्य अबरुद्ध भएको गोरखा जिल्ला स्थित जौबारी गाबिसको फिनाम राष्ट्रिय प्राथमिक बिद्यालय र आरुबोट गाबिसको सुर्य ज्योति निम्न माध्यामिक बिद्यालयको पुनर्निर्माण गरेको हो ।

नवनिर्मित २ वटा अस्थायी बिद्यालय भबनको शुक्रबार एक कार्यक्रममा बीच एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख आतिथि समेत रहेका नेता श्रेष्ठले विद्यालय पुनर्निर्माणले हजारौं बिद्यार्थीको भविष्य सुनिश्चित बन्ने बिपतको बेला सबैजना दल र बिचार भन्दा माथि उठेर पुनर्निर्माणमा जुट्न सबैलाई आब्ह्रान गर्नुभयो ।

साधरण गृहस्थी भक्तजनहरुले पनि भिक्षुयोचित बौद्ध ज्ञान आर्जनका लागि सहयोग पु¥याउन बिश्बब्यापी आफ्ना अभ्यास केन्द्रमार्फत कार्यरत जापानस्थित बौद्ध संस्था शिन्योएनको आर्थिक सहयोगमा निर्मित सो अस्थायी भबनमा क्रंमश ६ र ८ कक्षा कोठा रहेका छन ।

नबनिर्मित भवनको चावी बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टिम बहादुर श्रेष्ठ र प्रधानाध्यापक सूर्य ढकाललाई नेता श्रेष्ठ र शिन्योएन जापानका सामुदायिक सम्बन्ध बिभागका बिशेष सल्लाहकार कितामारा जुनुचीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

शिक्षा आर्जन जस्तो महत्वपूर्ण कार्यमा सहयोग पुरयाउने अबशर दिनु भएकोमा सरोकारवालाहरुप्रति आभारी रहदै भबिष्यमा पनि यस प्रकारको सामाजिक सेवामा शिन्योएन संलग्न रहने कुरा सो समारोहमा शिन्योएन जापानका प्रतिनिधि कितामारा जुनुचीले ब्यक्त गर्नुभयो ।

बिनाशकारी महाभूकम्पबाट गोरखामा ६० प्रतिशत भन्दा बढी बिद्यालय भबनहरु पूर्णरुपमा क्षतिग्रस्त हुन गई नियमित पठन पाठन कार्य अबरुद्ध भएको छ ।