३० आश्विन २०८३, शुक्रबार

आकाशमा चक्कर लगाउँदै मलेसियन एयरलाइन्सको जहाजले तीन सय जनालाई बचायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia-airlines-

काठमाडौं, २९ जेठ । मलेसियन एयरलाइन्सको एक जहाज ठूलो दुर्घटनाबाट बचेको छ ।

उडेको केही समयमै इन्जिनमा समस्या आएपछि तीनसय यात्रु बोकेको जहाजलाई अष्ट्रेलियाको मेलबर्नमा आपतकालिन अवतरण गराइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार जहाज मेलबर्नबाट मलेसियाको राजधानी क्वालालम्पुरतर्फ जानका लागि उडेको थियो । तर, उडेको केही समयमै इन्जिनमा समस्या देखियो ।

त्यसपछि पाइलटले आकाशमै १० देखि १२ चक्कर लगाएर जहाजलाई पुनः मेलबर्नको एयरपोर्टमा अवतरण गरे । पाइलटले समयमै इन्जिनमा खराबी आएको कुरा थाहा पाएर आकाशमा १० चक्कर लगाएर एयरपोर्टमा सफल अवतरण गरेका थिए ।

जहाज सफल अवरतण भएपछि ३०० यात्रुहरु पनि सकुशल छन् । उनीहरुलाई पाइलटले जहाजलाई आकाशमा चक्कर लगाएर सफल अवतरण गरेर बचाएका हुन् । विमानको इन्जिनमा खराबी देखिएपछि विमानस्थलका अधिकारीले अनुसन्धान थालेका छन् । एजेन्सी