६ कार्तिक २०८३, शुक्रबार

भूकम्पले रेडियो रामारोशनको भवनमा ठूलो क्षति (हेर्नुस फोटोहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

R-FM-acham (1)

अछाम २९ जेठ । विनाशकारी भूकम्पबाट सुदूरपश्चिमको रेडियो रामारोशन स्टेशन भवनमा क्षति पुगेको छ ।

गत बैशाख २९ गतेको भूकम्प र त्यसपछिका पराकम्पका कारण रेडियो रामारोशनको स्टेशन भवन चर्किएको हो । मंगलसैन नगरपालिका वडा नम्बर ६ मा रहेको भवनमा भूकम्पले व्यापक क्षति पुर्‍याएको रेडियो रामारोशनका कार्यकारी निर्देशक एकिन्द्र कुँवरले जानकारी दिनुभयो ।

भूकम्पले भवनका सबै पिल्लर र पर्खालमा क्षति पुगेको छ । २ वटा स्टुडियो, प्राविधिक कक्ष सहित ४ अन्य कोठा रहेको भवन चर्किदा रेडियो संचालनमा अवरोध आउने निर्देशक कुुँवरले जानकारी दिनुभयो । भवन क्षत बिक्षत बनेकोले काम गर्न समेत समस्या भएको छ ।

भूकम्पबाट रेडियोमा करिब ६५ लाख बरावरको क्षति भएको जिल्ला प्राबिधिक कार्यालयको प्रारम्भिक अनुमान छ । २०६३/६४ सालमा जिविस, गाविस, सांसद विकास कोष लगायतको सहयोगबाट अछाम जिल्लामा पहिलो सार्वजनिक सञ्चारमाध्यमका रुपमा रेडियोले आफनो प्रशारण आरम्भ गरेको थियो ।

हाल विहान साढे ५ बजेदेखि राति ११ बजेसम्म प्रशारण हुने रेडियो रामारोशन यस क्षेत्रको सर्वाधिक प्रशारण पहुँच भएको एफएम रेडियो हो । रेडियो रामारोशन अछाम जिल्लाका सबै गाविसका साथै बाजुरा, बझांग, डोटी, बैतडी, डडेलधुरा, कैलाली, सुर्खेत, दैलेख, कालिकोट लगायतका जिल्लामा प्रशारण पहुँच रहेको छ ।

जिल्ला प्रहरी प्रमुख दिलिप सिंह देउवाको नेतृत्वमा आएको प्रहरी टोलीले भवन निरीक्षण गरी बस्न अयोग्य रहेको जनाएको छ । देउवाले यो भवनमा बस्न असुरक्षित भएकोले बिकल्प खोज्न सुझाव दिनु भएको छ । दुईवटा अत्याधुनिक स्टुडियो, भवन तथा ७ वटा कोठा रहेको भवन चर्किदा ठुलो क्षति भएको हो । भवनको छत समेत ठाँउ ठाउँमा चर्किएको छ ।

R-FM-acham (6) R-FM-acham (4) R-FM-acham (3) R-FM-acham (2) rfm 2 (1) rfm 2 (2) rfm 3 R-FM-acham (5)