६ कार्तिक २०८३, शुक्रबार

चार दलको सोह्र बुँदे सहमतिमा आदिवासीहरुको विरोध, नसच्याए आन्दोलन गर्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suresh-Ale-Magar-600x250काठमाडौँ, २९ जेठ । आदिवासी–जातीय–क्षेत्रीय महासङ्घ, नेपालले प्रमुख चार शक्तिले जेठ २५ गते गरेको १६–बुँदे सहमतिप्रति आपत्ति जनाएको छ ।

महासङ्घका महासचिव सुरेश आलेमगरले आज जारी गर्नुभएको विज्ञप्तिमा सो सहमतिले उत्पीडित जाति तथा समुदायको चाहना, माग, आवश्यकता र सङ्घर्षलाई पूरै लत्याउँदै जातीय पहिचान र अधिकारको मुद्दा कमजोर बनाएको उल्लेख छ ।

महासङ्घले १६ बुँदे सहमतिप्रति आफ्नो असहमति रहेको जनाउँदै तत्काल त्यसलाई सच्याउनसमेत माग गरेको छ । रासस