६ कार्तिक २०८३, शुक्रबार

गाउँ गाउँमा भत्केका संरचनाका भग्नावशेष पन्छाउदै पार्टीका स्वयंसेवक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-rasuwa (1)– हेमनाथ खतिवडा
रसुवा, २९ जेठ । नेकपा एमालेका स्वयंसेवक टिमले रसुवामा पुनर्निर्माण अभियानलाई तिव्रता दिएका छन् ।

रसुवाको भोर्ले गाविसका गाउँमा गाउँ गत बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पले विद्यालय भत्केका घरहरूको भग्नावशेष पन्छाइ सरसफाई गरिरहेका छन् ।

विनाशकारी भूकम्पले विद्यालय भत्केका विद्यालयको भग्नावशेष पन्छाउने क्रममा १ सय जना स्वयम्सेवकहरू तीन समुहमा बिभाजन भई भोर्लेको बिभिन्न विद्यालयमा भग्नावशेष पन्छाएर सरसफाई गरी विद्यार्थी पढ्नका लागि अस्थायी टहरा बनाउन सुरु भएको छ ।

उनीहरूले भोर्लेको गोसाँईकुण्ड मावि स¥स्यँ, बेत्ताङ प्रावि, दुप्चेश्वरी निमावि, सुर्योदय प्रावि, सेतीदेवी उमावि, ज्वालामुखी निमावि र स्थानीय भोर्ले गाविस –४ को कुलप्रसाद पौडेल र सोही गाउँका एकल महिला दिलमाया तामाङको घरको भग्नावशेष हटाएर टहरा निर्माण गरिएको एमाले जिल्ला कमिटी सचिव विष्णु देवकोटाले बताए ।

त्यसै गरी भोर्ले र धैबुङ्ग गाविसका १२ विद्यालयमा भवनको ५८ कोठा भग्नावशेष हटाई सरसफाई गरी ८ वटा अस्थायी केन्द्रका ५२ कोठा निर्माण भएको छ । भने शौचालय मर्मत गरी एका शौचालय नयाँ निर्माण भएको छ । १७ भग्नावशेष १४ निर्माण वटा ब्यक्तिका नीजि घर पन्छाउने तथा दलित सुत्केरी, एकल, महिला, बृद्ध बालबालिका रहेको घर निर्माण भएको छ ।

एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुका केन्दीय सचिव अब्दुल हुसेन खाँको नेतृत्वमा सचिवालय सदस्य आरती लामा सहितको टिम परिचालन भएको छ । कामको अनुगमन केन्द्रीय उपाध्यक्ष तथा पुर्व गृहमन्त्री भीम रावलले गरेका छन् । स्थानीय रुपमा जिल्ला कमिटी रसुवाका सचिव विष्णु देवकोटा र राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य अशोक घिमिरे तथा स्वयम्सेवकहरूको तर्फबाट तिलक महत कामको संयोजन गरेका छन् ।

नवलपरासीका चेतबहादुुर पुनः पाल्पा र गुल्मी नारायण आचार्यका पिताम्बर भुषालको नेतृत्वमा अर्घाखाँचीको टिम परिचालन भएको हो । सो कार्यमा स्थानीयवासी तथा एमाले नेता कार्याकर्ताहरू पनि जुटेका छन् । एक महिने अभियानमा रसुवाको भोर्ले गाविसका गाउँमा विनाशकारी भूकम्पले विद्यालय भत्केका विद्यालयको भग्नावशेष पन्छाउने काम सकेर अन्य गाविसमा पनि गरिने नेकपा एमाले केन्द्रीय सदस्य माधब अर्यालले बताए ।

uml-rasuwa (2)

विनाशकारी भूकम्पले जिल्ला ध्वस्त भएको अन्य जिल्लाबाट दुःखको घढीमा सहयोग गर्न आएकोमा उनीहरुलाई स्थानीयले स्वागत गरेको भोर्ले गाविस– ७ का रामकुमार न्यौपाने थिए ।

त्यसैगरी रसुवाको धैबुङ्ग र लहरेपौवामा एनेकपा माओवादी, नेकपा माओवादी बैद्य तथा बिप्लब नेतृत्वको टोलीले पनि बिभिन्न स्थानमा विनाशकारी भूकम्पले भत्केको विद्यालय तथा घरको भग्नावशेष पन्छाएका छन ।

नेपाली काँग्रेसले पनि गगन थापाको नेतृत्वमा आएको टोलीले यार्सा गाविस– ७ लाङगु स्थित नारायणस्थान माविको भूकम्पपछि भग्नावशेष पन्छाएर नयाँ टहरा निर्माण गरेको काँग्रेस रसुवाका युवा नेता जनकजीवन उपाध्यायले बताए ।