६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री कोइराला र मोदीबीच गोप्य टेलिफोन वार्ता, के-के भयो कुराकानी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koirala-modiकठमाडौँ, २९ जेठ । प्रधानमन्त्री सुशील कोइराला र भारतीका प्रधानमन्त्री नरेन्द्र मोदीबीच विहीबार साँझ टेलीफोन वार्ता भयो ।

प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षीलाई टेलिफोन गरेर भूकम्पपछिको पुनःनिर्माण, पुनः स्थापना तथा नवनिर्माणका निम्ति सहायता जुटाउन आगामी असारमा यहाँ आयोजना हुन लागेको दाता सम्मेलनमा सहभागी हुन अनुरोध गर्नुभयो ।

प्रधानमन्त्रीले विपद्का बेला भारतबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेससल्लाहकार प्रतीक प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, –“भूकम्पबाट भएको क्षति दातृ राष्ट्र र निकायलाई देखाउने उद्देश्यले दाता सम्मेलन नेपालमा नै आयोजना गरिएको जानकारी पनि प्रधानमन्त्रीले प्रधानमन्त्री मोदीलाई गराउनुभयो”

सम्मेलनमा प्रधानमन्त्री मोदीको उपस्थिति अत्यन्त महत्वपूर्ण हुने त्यसमा सहभागी हुन प्रधानमन्त्री कोइरालाले गर्नुभएको आग्रहको प्रधानमन्त्री मोदीले सकारात्मक रुमपा लिनुभएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै सल्लाहकार प्रधानले बताउनुभयो ।

प्रधानमन्त्री मोदीले नेपाललाई हरसंभव सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको बताउँदै नेपालको सार्वभौमसत्ताप्रति भारतको उच्च सम्मान रहेको स्पष्ट गर्नुभयो । रासस