६ कार्तिक २०८३, शुक्रबार

हराएका चेपाङको लास मकैबारीमा भेटियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), २९ जेठ । चार दिनदेखि हराइरहेका चितवनको विकट सिद्धि गाविसका एक चेपाङ मृत फेला परेका छन् ।

सिद्धी गाविस–२ का गोपीलाल चेपाङ आज मकैबारीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय रत्ननगर चितवनले जनाएको छ । उनको चारदिनदेखि खोजी भइरहेको थियो ।

उनको मृत्युको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी पहिलेदेखिनै छारेरोगका बिरामी रहेको स्थानीयले बताएको छ । रासस