६ कार्तिक २०८३, शुक्रबार

विद्यालय छुट्टी भएपछि कक्षा ९ मा पढ्ने छात्रालाई अफिसमा बोलाएर यौन दुव्र्यवहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapped-girl– कमल पौडेल

बागलुङ, २९ जेठ । बागलुङमा एक शिक्षकले आफ्नै विद्यार्थीमथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अनुचित कार्य गरेको आरोपमा प्रहरीले नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय आँपचौर इन्द्रेगौडा गुल्मीमा कार्यरत शिक्षक कृष्ण घिमिरेलाई विहिवार नियन्त्रणमा लिएको हो ।

कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी खर्वाङ, बागलुङले दगातुन्डाडा गाविस वडा नं. ६ बाट पक्राउ गरि प्रहरी चौकी मजुवा पठाएको जनाएको छ ।

कुर्घा गाविस वार्ड नं. ९ निवासी ४२ वर्षिय घिमिरेले विद्यालयमै अनुचित कार्य गरी भागेको सूचनाको आधारमा वुर्तिवाङ जादै गरेको बसबाट नियन्त्रणमा लिएको प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक खिम वहादुर खत्रीले जानकारी दिनुभयो ।

उता पीडित पक्षले दिएको जाहेरीको आधारमा घिमिरेलाई नियन्त्रणमा लिइएको र जिल्ला प्रहरी कार्यालय तम्घास लगिँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानमा पीडित छात्राले विद्यालय विदा भएपछि अफिसमा बोलाएर दुव्र्यवहार गरेको बताएकी छिन् । थप अनुसन्धानका लागि प्रहरीले शिक्षक घिमिरेलाई हिरामसतमा राखेको छ ।