२७ असार २०८३, शनिबार

पाकिस्तानी प्रहरी चौकीमा आतंकबादी हमला, १० प्रहरीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । पाकिस्तानमा बिद्रोहीहरूको हमलामा परी १० जना प्रहरीको मृत्यु भएको छ ।

डेरा इस्माइल खानको चोडवान प्रहरी चौकीमा सोमबार अबेर राति भएको आक्रमणमा १० प्रहरीको मृत्यु भएको हो । पाकिस्तानी प्रहरीका अनुसार घटनामा परी ६ जना घाइते भएका छन् भने अन्य सुरक्षित रहेका छन ।

फेब्रुअरी ८ मा आमनिर्वाचन हुन लागेको तीन दिनअघि यो आक्रमण भएको पाकिस्तानी मिडिया डान डट कमले जनाएको छ । क्षेत्रीय प्रहरी अधिकृत (आरपीओ) नासिर महमूदल हताहत भएको पुष्टि गर्दै अगाडी भने, ‘तीस भन्दा बढी आतंककारीहरूले तीन दिशाबाट आक्रमण गरेका थिए, जहाँ साढे दुई घण्टाभन्दा बढी समयसम्म गोली हानाहान भएको थियो ।”

खैबर पख्तुनख्वाका प्रहरी प्रमुख अख्तर हयात गन्डापुरका अनुसार गन्डापुरका अनुसार आक्रमणकारीहरूले सोमबार बिहान भएको आक्रमणको क्रममा प्रहरी चौकीलाई केही समयका लागि नियन्त्रणमा लिएका थिए।

द्राबनका प्रहरी नायब उपरीक्षक मलिक अनीसुल हसनका अनुसार प्रहरी भवनमा प्रवेश गरेपछि आतंककारीहरूले हाते ग्रेनेड प्रयोग गरेका थिए, जसका कारणा पुलिसलाई बढी हताहती हुन गयो ।

खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चिन्ता बढेको छ किनभने दुबै प्रान्तहरूले पछिल्ला केही दिनहरूमा धेरै आक्रमणहरू भोगीरहेको छ ।