काठमाडौं, २८ जेठ । गाउँका महिलालाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने काठमाडौं महानगरपालिका-२९ ठमेलस्थित ग्रिन पेजेज पव्लिकेशन हाउसका संचालक सल्यान कोटवारा गाविस–९ का ३८ वर्षीय नरेश डिसीलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
कास्की लेखनाथ नगरपालिका–१२ बस्ने एक महिलालाई डि.सी.ले अमेरिकामा राम्रो जागिर लगाइदिन्छु भनि विभिन्न प्रलोभन देखाई नगद २१ लाख ८० हजार रुपैयाँ र राहदानी लिई ठगी गरी भागि हिँडिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
उनको ठमेलस्थित कार्यालयबाट विभिन्न व्यक्तिहरुका राहदानी, जागिर लगाई दिन भनि संकलन गरेका बायोडाटा, मार्कसिट तथा सर्टिफिकेटसहितका कागजातहरुसमेत बरामद भएको छ । उनलाई कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।















प्रतिक्रिया