
काठमाडौं, १७ माघ । अमेरिकाको लसभेगासमा भएको विवाहित महिलाहरुबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वल्र्ड–२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले ‘ह्युमनिटेरियन अवार्ड’ जित्नुभएको छ ।
शीर्ष उपाधिबाहेक सात विधागत उपाधि रहेको प्रतियोगितामा सेमीफाइनलसम्मको यात्रा तय गर्नुभएकी पृथ्वीयाले यो अवार्ड जित्नुभएको हो ।
अवार्ड जितेपछि पृथ्वीयाले आफूले अझ बढी तयारी गरेर प्रतिष्पर्धामा सहभागिता जनाउन सकेको भए शीर्ष उपाधि जित्न सक्ने दाबी गर्नुभयो । उहाँ उपाधिसहित यसै साता नेपाल फर्कंदै हुनुहुन्छ ।
‘मिसेस नेपाल वल्र्ड’को आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वल्र्ड’मा नेपालले सहभागिता जनाएको दोस्रो वर्षमै विधागत अवार्ड जित्नु ठूलोे सफलता भएको बताउनुभयो ।
प्रतियोगितामा जर्मनीकी जुलिया क्यारोलिनले ‘मिसेस वल्र्ड २०२३’ को उपाधि जित्नुभयो । मेडिकल डक्टरसमेत रहेकी जुलिया बालबालिका र जेष्ठ नागरिकको उपचार सक्रिय हुनुहुन्छ ।
विश्वका ५७ भन्दा बढी देशका विवाहित सुन्दरीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए ।








प्रतिक्रिया