६ कार्तिक २०८३, शुक्रबार

विहीबारदेखि नेपालमा उच्च शिक्षा सुधार परियोजना सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Student_examकाठमाडौं, २८ जेठ । नेपालको उच्च शिक्षाको समग्र सुधार तथा विकासका लागि तर्जुमा भएको उच्च शिक्षा सुधार परियोजना विहीबारबाट नेपालमा सुरु भएको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. पराशर प्रसाद कोइरालाले आयोगमा आयोजित कार्यक्रममा परियोजनाको उद्घाटन गर्नु भएको हो । विश्व बैंकको वित्तिय सहयोगमा विश्वविद्यालय अनुदान आयोगले परियोजना संचालन गर्नेछ ।

उद्घाटन कार्यक्रममा बोल्दैं आयोगका अध्यक्ष प्रा.डा. पराशर प्रसाद कोइरालाले परियोजनाले नेपालको उच्च शिक्षाको क्षेत्रमा ठूलो सुधार ल्याउने बताउँदै परियोजना संचालनका क्रममा आइपर्न सक्ने चुनौतीहरुलाई सामना गर्न सबै सरोकारवाला पक्ष तयार हुनुपर्ने बताउनुभयो ।

परियोजनाले उच्च शिक्षामा समतामुलक पहु“चलाई बढवा दिने बताउनु हुँदै उहा“ले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा परियोजना महत्वपूर्ण सावित हुने बताउनुभयो । अनुसन्धान तथा प्राज्ञिक उत्कृृष्टताको विकास गर्नु पनि आयोजनाको महत्वपूर्ण पक्ष रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा आयोगका सदस्य तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. हिराबहादर मर्हजनले परियोजनाको कार्यान्वनबाट त्रिविको संस्थागत तथा प्राज्ञिक स्वायत्तताको विकासका साथैं त्रिविको परीक्षा प्रणालीमा सुधार तथा शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयन हुने बताउनुभयो । परियोजनाको प्रभावकारी कार्यान्वयन तथा सफलताका लागि विश्वविद्यालयमा भैरहेको राजनीतिलाई निर्मुल गनुपर्नेमा जोड दिनुभयो ।

विश्व बैंकका नेपाल प्रमुख ताकुया कामाताले परियोजना कार्यान्वयनमा बैंकको पूर्ण सहयोग रहने बताउँदै परियोजना सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा आयोगका प्राविधिक सल्लाहाकार प्रा.डा. हृदयरत्न बज्राचार्यले परियोजनाका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, आयोगका पूर्व अध्यक्ष तथा सदस्य सचिव, अयोगका सदस्य, विभिन्न विश्वविद्यालयका रजिष्ट्रार, रेक्टर, डिन, निर्देशक, प्राध्यापक, शिक्षा तथा अर्थ मन्त्रालयका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय उच्च शिक्षा सुधार तथा विकास कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउनका लागि उक्त कार्यक्रममा उल्लेखित मध्ये उच्च शिक्षा सुधार कार्यक्रम तथा नियमित/साविक कार्यक्रम अन्तर्गतका महत्वपूर्ण तथा प्राथमिक पक्षहरुलाई समेटी उच्च शिक्षा सुधार परियोजना तर्जुमा भएको हो ।

विश्व बैंकले परियोजना कार्यान्वयनका लागि ६५ मिलियन युएसडी बराबरको वित्तिय सहयोग (सहुलियत दरको ऋण) उपलब्ध गराउने छ । परियोजना ५ बर्षको हुनेछ । विश्विद्यालय अनुदान आयोग, त्रिवि तथा विद्यार्थी वित्तिय सहयोग समितिले परियोजना कार्यान्वयन गर्नेछन् ।

उच्च शिक्षामा प्रणालीगत/संस्थागत सुधार, शैक्षिक सुधार गरी उच्च शिक्षाको गुणस्तर तथा सान्दर्भिकतामा अभिवृद्धि, गरिव तथा पिछडिएका विद्यार्थीहरुको उच्च शिक्षामा समतामुलक पहु“चका लागि वित्तीय सहायता एवं अनुसन्धान, प्रवद्र्धन तथा प्राज्ञिक उत्कृष्टताको विकास गर्नु यस परियोजानको मुख्य उद्देश्य रहेको सूचना, शिक्षा तथा सञ्चार अधिकृत देवेन्द्र रावलले जानकारी दिनुभयो ।