बेइजिङ, २८ जेठ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीबीच बिहीबार भेटवार्ता भएको समाचार छ ।
चीन भ्रमणका क्रममा बुधबार बेइजिङ पुग्नुभएकी सुकी र राष्ट्रपति सिबीच बिहीबार अपराह्न राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।
चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले दिएको समाचारमा भनिएको छ – म्यानमारको नेसनल लिग फर डेमोक्रेसीकी अध्यक्ष आङ सान सुकी र राष्ट्रपति सिबीच बिहीबर अपराह्न भेट भएको छ ।
नेत्री सुकी बुधबार अपराह्न चीन पुग्नुभएको समाचारमा जनाइएको थियो ।
उहाँ चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि चीन पुग्नुभएको हो । यो नै उहाँको पहिलो चीन भ्रमण भएको बताइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव रहनुभएका राष्ट्रपति सिले नेत्री सुकीलाई बेइजिङको ग्रेट हल अफ द पिपुलमा बिहीबार अपराह्न भेट गर्नुभएको हो ।
उहाँ बुधबार अपराह्न चीनको राजधानी बेइजिङमा रहेको एक प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरूले उहाँलाई बेइजिङमा विशेष स्वागत गरेका थिए । सुकी आगामी आइतबारसम्म चीनमा रहनुहुने छ । रासस/सिन्ह्वा















प्रतिक्रिया