२१ असार २०८३, आइतबार

सहिद सप्ताहको चौथों दिन : हेटौंडामा रक्तदान

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ माघ । सहिद सप्ताहको चौथों दिन मकवानपुरको हेटौंडास्थित सहिद स्मारकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सहिद स्मारक विकास समितिले सहिद दिवस सप्ताह व्यापी कार्यक्रम गरी मनाउँदैछ । सोही अनुसार शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिव अन्जन पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमको पहिलो दिन माघ १० गते बुद्ध, मायादेवी, इन्द्र तथा ब्रम्हाको प्रतिमासहितको पार्कको उद्घाटन गरिएको सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।

माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता भएका छन् ।

यसैगरी भोलि माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिदप्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सहिद स्मारक विकास समितिका सचिव खुलालले जानकारी दिनुभयो ।