२६ कार्तिक २०८३, बिहिबार

रास्वपा मकवानपुरका पूर्वसंयोजक न्यौपाने कांग्रेस प्रवेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका पूर्वसंयोजक तथा व्यवसायी राजकुमार न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा न्यौपाने कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलगायतले न्यौपानेलाई खादा र माला लगाएर पार्टीमा स्वागत गर्दै सदस्यतासमेत प्रदान गर्नुभएको थियो ।

न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य समेत हुनुहुन्छ ।