२६ कार्तिक २०८३, बिहिबार

एमाले सरकारले सुरु गरेको विकासका काम गठबन्धन सरकारले ठप्प पार्‍यो : योगेश भट्टराई

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १३ माघ । नेकपा (एमाले)का सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा सुरु भएका विकासका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताउनुभएको छ ।

रौतहटको गरुडामा शुक्रबार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाई सम्बोधन गदै सचिव भट्टराईले देशलाई समृद्ध बनाउने अभियान अन्तर्गत एमाले सरकारको पालामा ल्याइएको विकासका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले विकासका कामहरु ठप्प अवस्थामा रहेको बताउनुभयो ।

उहाँले युवाहरुलाइ स्वरोगार बनाउने, औद्योगिक क्षेत्रको विकासका योजनाहरु, भौतिक पूर्वाधारका विकासका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको बताउनुभयो । ‘अहिलेको अवस्थामा अन्य दलहरु एकातर्फ छन् भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफ्नो विचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पूर्वमन्त्रीसमेत रहेका भट्टराईले भन्नुभयो ।

एमाले सबै जाति र सबै धर्मको एकताको पक्षमा रहेको बताउँदै उहाँले थप्नुभयो, ‘नेकपा एमाले अहिले तराईमा मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेश एमालेमय बन्ने छ ।’ यस्तै उहाँले पार्टी विभाजनको अवस्थलाई मेट्दै रौतहट विस्तारै पुरानै अवस्थामा पुगिरहेको बताउनुभयो ।

राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर विरोध सुरु भएको बताउँदै सचिव भट्टराईले विस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गर्नुभयो । एमालेको जनमत अझै बढ्र्दै गएको उल्लेख गर्दै भट्टराईले देशको समृद्धिको लागि आउँदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो ।

आउँदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनलाई भव्य रुपमा सफल बनाउन युवा परिचालनको लागि युवा संघको शुक्रबार बैठक राखिएको थियो ।

बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादवको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागि आज १८ वटै पालिकामा प्रतिनिधि चयन हुँदैछ ।

जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।