
काठमाडौं, १३ माघ । बेलायतका राजा चार्ल्स तृतीय लन्डनको एक नीजि अस्पतालमा भर्ना हुनुभएको छ । उहाँ प्रोस्टेटका बिरामी हुनुहुन्छ ।
प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उहाँलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ । उक्त नीजि क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।
बकिङ्घम प्यालेसले राजा चार्ल्स तृतीयको उपचार पछि उहाँको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ । यसअघि पनि बिरामी हुनुभएका चार्ल्सले शुभुेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।







प्रतिक्रिया