मोरङ, २८ जेठ । आँप खान रुखमा चढेकी एक महिलाको ज्यान गएको छ ।
पथरी शनिश्चरे नगरपालिका–७ बस्ने ७० बर्षीया लिला माया पाख्रिनको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार घर नजिकै आँप टिप्ने क्रममा हाँगा भाँच्चिएर बिजुलीको तार चुडिन गई भुईमा लत्रेको तारमा छुदाँ उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















प्रतिक्रिया