६ कार्तिक २०८३, शुक्रबार

हात्तीको आक्रमणबाट चुलाचुलीमा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatti-aatankaइलाम, २७ जेठ । जङ्गली हात्तीको आक्रमणबाट इलामको चुलाचुलीमा आज दुई जनाको ज्यान गएको छ ।

हात्तीको आक्रमणबाट चुलाचुली–४ की ३१ वर्षीया धनमाया लावती र चुलाचुली–६ की ४० वर्षीया प्रीति लिम्बूको ज्यान गएको हो ।

बिहान ५ बजेतिर शौच गर्न घरबाट बाहिर निस्कँदा जङ्गली हात्तीले उनीहरूलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो ।

चुलाचुलीमा रहेको जङ्गलबाट आएका हात्तीको हुलले महिलालाई आक्रमणपछि पुनः जङ्गलतिर फर्किएको स्थानीयले बताएका छन् । रासस