मकवानपुर, २७ जेठ । विनाशकारी भूकम्पपछि पुनर्निर्माणका खटिएका नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरमा निर्माण अभियानलाई तिव्रता दिएका छन् ।
महाभूकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयहरुको पूनःनिर्माणमा श्रमदान गर्ने अनेरास्ववियू केन्द्रीय कमिटीको निर्णय अनुसार मकवँनपुर र चितवनको संयोजनको जिम्मेवारी पाएका अखिलका केन्द्रिय सचिव महेश कूमार बर्तौला नेतृत्वको टिमले विभिन्न बिद्यालयहरुको निर्माण अभियानलाई निरन्तरता दिईरहेको छ ।

यसैक्रममा मकवानपुरको अति दुर्गम खैराङ १ स्थित कालिका माविको क्षतिग्रस्त ६ कोठे भवनको अनेरास्ववियूद्धारा २ दिन लगाएर पुनःनिर्माण गरेको छ । कक्षा १० सम्म पढाइ हुने उक्त क्षतिग्रस्त बिद्यालयको जस्तापाता काठ प्रयोग र अन्य आवश्यक सामानको व्यवस्थापन अनेरास्ववियु आफैले गरि सोहि बिद्यालयको प्राङगणमा विधार्थीहरुलाई पठन पाठनमा कूनै त्रास नहूने किसिमले स्थायी रुपमा प्रयोग गर्न सकिने किसिमको बिद्यालय निर्माण गरेको हो ।
अनेरास्ववियू केन्द्रिय सचिव महेश कुमार बर्तौलाको नेतृत्वमा सम्पन्न बिद्यालय निर्माण कार्यमा बिद्यार्थी नेताहरु किशोर टंडन, गोबिन्द बर्तौला, जय न्यौपाने, आस्मान थिङ,सन्तोष ढकाल तथा पार्टी नेताहरु नमराज सुबेदी, मान ब. वाइबा, शम्शेर थिङ, भोजबिक्रम ठकुरी लगायत ३० जनाको टोली सहित विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिका, स्थानिय जनता समेतको सहयोगमा उक्त्त विद्यालय निर्माण गरिएको हो ।

बिद्यालय निर्माण समपन्न भए पश्चात कक्षा ८,९ र १० का बिधार्थीहरुलाई सोहि भवनमा राखी भूकम्प पछिको अवस्थाको बारेमा त्रसित नहुन मनोबैज्ञानीक परामर्श समेत दिइएको थियो । बिद्यालय निर्माण भएपछि पठनपाठन सुचारु हुुने भएकाले बिद्यालय प्रशासन र बिद्यार्थीहरुले खुसी हुँदै संयुक्त रुपमा अनेरास्ववियू केन्द्रिय नेतृत्वलाई धन्यबाद दिएका थिए ।
अखिलको बिद्यालय पूनःनिर्माण अभियानलाई मकबानपुर र चितवन जिल्लाका सबै क्षेत्रमा अझै उच्च गतिका साथ अगाडी बढाउने सचिव महेश कूमार वर्तौलाले जानकारी दिनुभयो ।


















प्रतिक्रिया