६ कार्तिक २०८३, शुक्रबार

जब कार्यक्रममै सभासद् रोए….

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-bahadur-tamang

सिन्धुपाल्चोक (ज्यामिरे), २७ बैशाख । जनताले संविधान लेख्न पठाए पनि सभासद्ले दुःख सुखमा साथ दिओस भन्ने जनताको अपेक्षा छ । देश संकटमा परेका बेला कतिपय सभासद् जनतासामु अनुहार समेत देखाउन सकेका छैनन्, कति चाँहि व्यक्तिगत मस्तीमा व्यस्त भइरहेको खबरहरु आइरहेका छन् । कतिपय यस्ता सभासद्हरु छन् जो महाभूकम्पपछि दिनरात गाउँघर र पाखापखेरामै व्यस्त छन् ।

महाभूकम्पबाट प्रायः ध्वष्त भएको सिन्धुपाल्चोकका सभासद् एवं एमालेका युवा नेता शेरबहादुर तामाङ मंगलबार साँझ सिन्धुपाल्चोकको ज्यामिरेमा युवा संघले आयोजना गरेको कार्यक्रममा गहभरि आँशु लिँदै रोएपछि कार्यक्रममा एकाएक सन्नाटा छायो ।

सिन्धुपाल्चोक क्षेत्र नं. ३ का सभासद तामाङ्ले भूकम्पले पुर्याएको जनधनको क्षतिले निकै मर्माहत भएको भन्दै भक्कानिएका हुन् ।

गहभर आँशु लिए पनि सम्हालिँदै उनले भने – यो दुःखको घडीमा सिन्धुपाल्चोक जिल्लाबासीलाई कत्ति पनि नआत्तिन आग्रह गर्छु, सिन्धुपाल्चोकको नवनिर्माण पश्चात् मात्र आफूले विश्राम लिनेछु ।’

सभासद तामाङ्ले विद्यालयको स्थायी संरचना निर्माणका लागि आगामी बर्षको निर्वाचन क्षेत्र विकास बजेट अन्तरगत १० लाख दिने घोषणा समेत गरे ।