काठमाडौं, २७ जेठ । भारतीय आकाशमा उडिरहेको डोर्नियर विमानको एक जहाज सोमबार रातिबाट वेपत्ता भएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार तटरक्षक डोर्नियर एयरक्राफ्ट सोमबार राति १० बजेदेखि हराएको हो । अधिकारीका अनुसार विमानस्थलबाट सोमबार साँझ ५ः३० बजे उडेको डोर्नियर एयरक्राफ्ट सोमबार राति १० बजेदेखि सम्पर्कबिहीन भएको हो ।
तीन जना सवार रहेको भारतीय तटरक्षक उक्त जहाज सोमबार राति एकाएक सम्पर्कविहिन भएको थियो ।
नागरिक उड्डयन अधिकारीहरुका अनुसार सो जहाजसँग अन्तिम पटक राति १० बजे तिरुचिरापल्ली क्षेत्र नजिकै सम्पर्क भएको थियो ।
हराइरहेको जहाज भारतीय तट रक्षक तथा नौसेनाको टोलीले खोजी गरिरहेको छ । जहाजमा रहेका दुई चालक उच्च अनुभवी रहेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
तमिलनाडु कोस्ट गार्ड सेक्युरेटी ग्रुपले व्यापक खोजी अभियान सञ्चालन गरिरहेको छ । एजेन्सी
















प्रतिक्रिया