
काठमाडौं, १६ पुुस । रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरूद्व परेको रिटको सुनुवाई स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजालासमा तोकिएको सुनुवाइ प्रत्यर्थीका कानुन व्यवसायीबाट स्थगित सूचीमा राखिएको हो ।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिने निर्णय गरेका थिए ।
राष्ट्रपतिको निर्णयविरूद्व शारदा कठायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।















प्रतिक्रिया