५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकद्वारा काठमाडौं इन्स्टिीच्यूट फर चाइल्ड हेल्थका लागि आर्थिक सहयोग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं इन्स्टिीच्यूट फर चाइल्ड हेल्थका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो । सो एनजीओले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

अस्पतालको उद्देश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुल्क लिने, गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने छ । एक समारोहकाबीच बैंकले रू एक लाख एकाउन्न हजार बराबरकोे चेक डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।