१० कार्तिक २०८३, मंगलबार

बालकुमारी घटना:तीन सदस्यीय छानबिन समिति गठन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । काठमाडौंको बालकुमारीमा ईपीएस परीक्षार्थीको प्रदर्शनका क्रममा घटेको घटना छानबिनका लागि सरकारले छानबिन समिति गठबन गरेको छ ।

घटनामा दुईजना युवकको मृत्यु भएको छ । सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल सदस्य रहेको छानबिन समिति गठन गरेको हो।

समितिलाई ७ दिनभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।