
काठमाडौं, १३ पुस । इपीएसका परीक्षार्थीले काठमाडौंको बालकुमारीमा गरेको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ ।
उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्र शाह रहेका छन् ।
यसअघि प्रहरीको गोली लागेर दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । यो सँगै घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।















प्रतिक्रिया