१ कार्तिक २०८३, आइतबार

दिल्ली प्रहरीलाई इजराइली दूतावासनजिकै ‘विस्फोट’ भएको फोन प्राप्त

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ११ पुस । दिल्ली प्रहरीलाई मंगलबार साँझ चाणक्यपुरी क्षेत्रमा इजराइली दूतावास नजिकै विस्फोट गराइएको फोन प्राप्त भएको तर घटनास्थलमा त्यस्तो केही नभेटिएको अधिकारीहरूले बताएका छन् ।

दिल्ली अग्निशमन सेवाले साँझ करिब छ बजे फोन प्राप्त गरेको थियो । सेवाका निर्देशक अतुल गर्गले भने, “अहिलेसम्म घटनास्थलमा केही पनि भेटिएको छैन ।” घटनास्थलमा दिल्ली क्राइम युनिटको टोली र फरेन्सिक टोली उपस्थित छन् ।

साथै फरेन्सिक विज्ञान प्रयोगशाला ९एफएसएल० स्रोतका अनुसार घटनास्थलमा अहिलेसम्म केही पनि फेला परेको छैन । एफएसएल स्रोतले भनेको छ, “खोजी जारी छ, विस्फोटको आवाज त्यहाँ उभिएका एक सुरक्षा अधिकारीले सुनेका छन् ।”

“मैले साँझ करिब ५ बजेतिर एउटा ठूलो आवाज सुनेँ, उक्त आवाज टायर पड्किएको जस्तो थियो, मैले एउटा रुखको छेउमा धुवाँ निस्केको पनि देखेँ”, दूतावास नजिकै उभिएका सुरक्षा गार्डले भने ।

उक्त सम्बन्धमा स्पेसल सेलको स्रोतले त्यहाँ त्यस्तो कुनै विस्फोट नभएको बताएको छ । थप जानकारीको प्रतीक्षा गरिएको छ । एएनआई