१० कार्तिक २०८३, मंगलबार

देशैभरका उच्च अदालतमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । देशभरका उच्च अदालत तथा उच्च अदालतका इजलासहरुमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।

आइतबार ललितपुरस्थीत पाटन उच्च अदालतमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् । स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरुभएसंगै कर्मचारीले गोलाप्रथाबाट तारेख तोक्ने विद्यमान प्रणालीको अन्त्य भएको छ ।

अव मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुने प्रधानन्यायाधीश श्रेष्ठले बताए । नयाँ प्रणालीले न्यायिक प्रशासनिक कामकाबारहीमा सरलता दिने उनले बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले अब जिल्ला अदालतहरुमा पनि स्वचालित पेशी तारेख व्यवस्थापन गर्नका लागि अध्ययन सुरु गर्ने धारणा राखे । त्यस्तै उनले सर्वोच्चमा अनलाइन रजिस्ट्रेसन प्रणालीको समेत अध्ययन भइरहेको जानकारी दिए । सर्वोच्च अदालतमा भने यसअघि नै स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली लागू भइसकेको छ ।