१० कार्तिक २०८३, मंगलबार

एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको छ: प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको बताएका छन् ।

मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला ९एक्स्पो २०२३० को उद्घाटन समारोहलाई आज बिराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो ।’

उहाँले एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमश: सुधार आइरहेको उल्लेख गर्नुहुँदै महंगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको बताए।

उहाँले अगाडि भने, ‘एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमश: सुधार आइरहेको छ । महंगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ ।’

प्रधानमन्त्रीले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो ।’