
काठमाडौं, ४ पुस । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया