पुल ई खुम्री (अफगानिस्तान), २५ जेठ । अफगानिस्तानको राजधानी काबुलदेखि १६० किलोमिटर उत्तरमा पर्ने बाघलान प्रान्तको पुल इ खुम्रीमा भएको एक विस्फोटमा परी चार सर्वसाधारणको मृत्यु भएको छ ।
आइतरबार राति भएको सो विस्फोटको सोमबार अधिकारीहरुले पुष्टि गरेका छन् । बुर्का जिल्लामा आतङ्ककारीद्वारा राखिएको विस्फोटक पदार्थ सर्वसाधारणको एक कारसँग ठोक्किँदा भएको विस्फेटमा परी चार यात्रुको दुर्घटना स्थलमै मृत्यु भएको थियो ।
बुर्का जिल्लाका प्रमुख अब्दुल जबार इस्लामीले सोमबार समाचारदातालाई सो जानकारी दिएका छन् ।
इस्लामीका अनुसार यस आक्रमणमा तालिवान आतङ्ककारी समूहको हात रहेको छ । तर तालिवान आतङ्ककारी समूहले भने यस आक्रमणको जिम्मा लिएको छैन । रासस/सिन्ह्वा















प्रतिक्रिया