जियान्ली (चीन), २५ जेठ । चिनियाँ पानीजहाज ‘इस्टर्न स्टार’ डुब्दा मृत्युहुने व्यक्तिको सङ्ख्या ४३४ पुगेको छ । सोमबार बिहानसम्ममा मृत्युहुने यात्रुसहितका व्यक्तिको सङ्ख्या ४३४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
सो पानीजहाज डुब्दा हराएका आठजना व्यक्ति अझै फेला परेका छैनन् । सोमबार बिहानसम्ममा कुल ४३४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको छ ।
चिनियाँ अधिकारीहरुले यस दुर्घटनालाई चीनको इतिहासमा नै यो धेरै ठूलो दुर्घटना भएको बताएका छन् । सो दुर्घटनाको उद्वारको काम जारी रहेको छ ।
मध्य चीनको हुबेई प्रान्तको राजधानी जिनालीको प्रशासनले याङजी नदीमा सोमबार आँधीका कारण डुबेको उक्त जहाजमा रहेका ४५६ व्यक्तिमध्ये १४ मात्रको जीवितै उद्वार गर्न सकिएको बताइएको छ ।
उद्वारकर्ताहरुले सोमबार बिहान पनि उक्त जहाजमा परी डुबेका दईवटा शव निकालेका थिए । शुक्रबार उद्धारकर्ताहरूले उक्त जहाजलाई माथि उठाएपछि र जहाजभित्र रहेका शव फेला पर्न थालेको हो ।
डुबेको उक्त जहाजपछि उद्वारका लागि निकै ठूलो प्रयास गरिएको प्रशासनले जनाएको थियो । उद्वारका क्रममा तीन हजार भन्दा बढी प्रहरी, त्यत्तिकै सङ्ख्यामा अर्धसैन्य बल खटाइएको थियो ।
त्यसैगरी उद्वारका लागि १४९ वटा डुँगा र ४९ वटा हेलिकोप्टर तथा मेसिनको प्रयोग गरिएको अधिकारीहरुले जनाएका छन् । गएको सोमबार राति सो पानीजहाज दुर्घटना भएको थियो । रासस/सिन्ह्वा
















प्रतिक्रिया